दमक/ झापाको शिवसताक्षी १० स्थित गैँडे सामुदायिक बनबाट चोरी भएको काठसहित एउटा मारुती भेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अस्थाइ प्रहरी चौकी माईधार र गैँडे सामुदायिक बनको कर्मचारीको संयुक्त टोलीले सो बनबाट चोरी भएको ४० क्युफिट काठसहित पक्राउ गरेको हो । आज बिहान करिब साढे ५ बजे मे १ च ११६४ नम्बरको मारुती भेनमा सखुवा जातको सो काठ लोड गरी लाँदै गर्दा कन्काई ४ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चोरी निकासीमा संलग्नहरुको पहिचान भने प्रहरीले खुलाएको छैन ।
