झापा दमक १ निवासी जीवन चक्र समाज नेपालका अध्यक्ष ,सामाजिक ब्याक्तित्व ,दुर्घटना न्यूनीकरणमा अवरात्र लागिपर्ने ब्याक्तित्व गणेश गौतमले आज आफनो जन्मदिन दमक १० स्थित हजुरामा सग बसोबास गर्दै आइरहेकी सिहदेबी मा बि कक्षा ६ मा अध्यानरत टिकामाया रिजाल लाई शैक्षिक सामाग्रीहरु प्रदान गरेर मनाएका छ्न।
रिजाललाई बिधालय पोसाक ,जुता ,ब्याग ,कलम ,कपि ,ज्यामिती बक्स लगायतका सामाग्रीहरु प्रदान गरेका हुन।
दमक १० निवासी हजुरामा बसन्ता रिजाल सग बसोबास गर्दै आएकि टिकामाया को आर्थिक अवस्था अत्यान्तै नाजुक रहेको थाहा पाएर गौतमले सहयोग गरेका हुन । हस्तान्तरण कार्यक्रम मा शिक्षक सबिन रिजालको उपस्थित रहेको थियो।
केही बर्ष अघि दमकमा रहेको परिवर्तनका लागि युवा नामक सस्थाले सहयोग सकलन गरेर रिजालको घर निर्माण गरि हस्तान्तरण गरेका थिए।