दमक/ झापाको कचनकवलका एक युवा तीन हप्तादेखि मलेसियमा वेपत्ता भएको भन्दै खोजि गरिदिन आफन्तले आग्रह गरेका छन् । कचनकवल गाउँपालिका वडा नम्बर ७ साविक बालुबाडी ९ का बिरबहादुर थेबेका छोरा सहमान थेबे गत सेप्टेम्बर १ तारिख (भदौ १६ गते) देखि मलेसियामा वेपत्ता भएको भन्दै खोजिमा सघाईदिन आफन्तले अनुरोध गरेका हुन् ।
५ बर्ष अघि मलेसिया गएका थेबे सेप्टेम्बर १ मा आफ्नो तलब लिएर बेलुकी साढे ९ बजे कोठाबाट निस्किएका थिए । तीन हप्तासम्म सम्पर्कमा नआएपछि भने उनको खोजी भएको हो । सहमानका बारेमा मलेसियास्थित नेपाली राजदुताबासमा र त्यहाँको प्रहरीमा पनि जानकारी गराईएको मलेसियामै रहेका झापाका दिनेश अधिकारीले जानकारी दिए ।
कम्पनीका साथीहरु र नेपालस्थित घर परिवारबाट सम्पर्क बिहिन हुँदा घर परिवार आफन्त चिन्तित बनेका छन् । सहमानको खोजी गरिदिन सम्बन्धित निकाय तथा संघसंस्थामा अनुरोध समेत गरिएको छ । उनी फेला परेमा नेपालमा ९८१६०९६३९६ र मलेसियामा ०११६११७३९५२२ मा सम्पर्क गरिदिन समेत परिवारले अनुरोध गरेको छ ।

 

Facebook Comments Box