रुसको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।
रुसको कोस्ट्रो शहरमा रहेको नाइट क्लबमा गएका एक ग्राहकले नाचगान गर्ने स्थानमा आगोका ज्वाला निस्कने बन्दुक पड्काउँदा नाइट क्लबमा आगलागी फैलिएको हो ।
आगलागीको समयमा सो नाइट क्लबमा २ सय ५० जना रहेको बुझिएको छ । रुसमा सन् २००९ मा पर्म शहरको नाइट क्लबमा भएको आगलागीमा पनि १ सय ५९ जनाको मृत्यु भएको थियो ।