दमक/ युएइको अलऐनका नेपालीले नयाँ बर्षमा फुटबलको मज्जा लिन पाउने दमक/युएईको अलऐनमा रहेका नेपालीहरुले फुटबलको मज्जा लिँदै नयाँ बर्ष २०८० हर्षोल्लाससाथ स्वागत गर्न पाउने भएका छन ।
नेपालीका लागि नेपाली भन्ने मुलमन्त्रसहित स्थापना गरिएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नयाँ बर्षको स्वागतमा एनआरएनए न्यू इयर कप एक दिवसीय फुटबल प्रतियोगिता गर्ने भएपछि त्यहाँ रहेका नेपालीहरुले यो अवसर पाउने भएका हुन ।
विक्रम सम्बत २०८० को आगमनको अवसर पारेर १५ अप्रिलमा परिषदले दानत होटल एण्ड रिसोर्टमा फुटबल प्रतियोगिता आयोजना गरिएको एनआरएनए युएइ, क्षेत्रीय समन्वय परिषद अलऐनका अध्यक्ष उज्वल दाहालले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले ५५५५ दिरहम र उपविजेता टिमले ३३३३ दिरहम नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष दाहालले जानकारी दिए । सो प्रतियोगिताको मिडिया पार्टनरका रुपमा निष्कर्ष न्यूज डटकम रहेको छ ।
