दमक । बेलायती सैनिकको एकमात्र ठुलो पदकबाट विभूषित नेपालका एकमात्र जीवित भिक्टोरिया क्रस (भिसी ) झापा, दमक निवासी रामबहादुर बेघाको निधन भएको छ ।
काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचाररत बेघाको ८७ंं बर्षको उमेरमा आज बिहान ३.४० बजे निधन भएको पारिवरिक स्रोतले जनाएको छ । मृतकका छोरा मोहन बेघाका अनुसार उनको पार्थिव शरीर दमक ल्याउने तयारी भइरहेको छ । सन् १९६६ मा क्याप्टेन लिम्बूले भिसी सम्मान पाएका थिए । १३ जना गोर्खाली भीसीहरूमा उनी मात्र जीवित थिए ।
दमक ८ का स्थायीबासिन्दा उनका चार छोरा छन् । बेघाको स्वास्थ्य अवस्था जटिल भएपछि तीन महिना अघि उनलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको समेत सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको थियो ।
उनी मिर्गौला र मुटु सम्बन्धी पुरानो समस्याबाट अस्वस्थ्य थिए ।

 

Facebook Comments Box