दमक/ झापाली साहित्यकार एवं लेखक हेम अधिकारीले अलग– अलग विधाका तीन वटा कृति एकसाथ प्रकाशनमा ल्याएका छन ।

अधिकारीद्धारा लिखित ति तीनबटै कृतिको शनिबार दमकमा आयोजित कार्यक्रममा एकै साथ लोकार्पण गरिएको छ ।
साहित्य कला सङ्गमको आयोजनामा भएको कार्यक्रममा ‘उत्तरी ध्रुवतिर टहलिदा’ नामक नियात्रा संहग्र, ‘जीवनका गौँडा गल्छेँडाहरु नामक संस्मरण र क्रियाको रुप विश्लेषण नामक आधुनिक भाषा विश्लेषण पुस्तकको लोकार्पण गरिएको हो । प्राध्यापक एवं साहित्यकार चुडामणी बाशिष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकार गंगा प्रसाद अधिकारीले ‘उत्तरी ध्रुवतिर टहलिदा’ र कवि यज्ञ परिश्रमीले ‘जीवनका गौँडा गल्छेँडाहरु ’ कृतीको समीक्षा गरेका थिए । साहित्यकारहरु पुण्य खरेल, राजेन्द्र संग्रौला लगायतका अग्रज श्रष्टाहरुले लेखक अधिकारीको अथक मेहनत, लगाव र परिश्रमबाट सिर्जित ति कृतिहरुले नेपाली साहित्य बिकासमा विशेष योगदान दिने उल्लेख गरे ।

त्यस्तै, कार्यक्रममा साहित्यकारहरु देवीचरण भण्डारी , खगेन्द्रा खुसी लगायतले साहित्य रचना वाचन गरेका थिए । कृतिकारको एकैसाथ तीनवटा कृति सार्वजनिक भएको यो नै पहिलो भएको श्रष्टा अधिकारीको दावी छ । उनी दमक प्रज्ञा प्रतिष्ठानका निर्वतमान अध्यक्ष समेत हुन् ।
साहित्यकला सङ्गम दमकका अध्यक्ष विष्णु नेउपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष बिन्दु दाहाल मुकदर्शकले स्वागत मन्तव्य राखेका थिए भने श्रष्टाहरु मेघराज तिम्सिना,लक्ष्मी फुयल, तिला लेकाली, भगवती ढुङ्गेल, यादवप्रसाद अधिकारी,ओमप्रसाद खनाल,मेघनाथ बन्धु, विरेन्द्र खडका, ओमप्रकाश गौतम लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सञ्चालन सङ्गमका महासचिव दीपक सुवेदीले गरेका थिए ।

 

Facebook Comments Box