दमक/ नेपाल र क्यानडाबीचको तीन खेलमा एकदिवसीय सिरिज नेपाललाई जिताएका नेपाली टिमका कप्तान रोहित पौडेल प्लेयर अफ दि सिरिज घोषित भएका छन् । उनले यस सिरिजमा कूल ९५ रन जोड्दै ६ विकेट लिएका थिए ।
सिरिजको पहिलो खेलमा रोहितले ८ रन बनाउँका साथै ४ विकेट झारेका थिए ।

दुबै खेलमा रोहित प्लेयर अफ द म्याच चुनिएका थिए । दोस्रो खेलमा ८७ रन बनाउँदा बलिङतर्फ २ विकेट लिएका थिए। रोहितको कप्तानी पारीमा नेपालले एक खेल अगावै सिरिजमा २–० को अग्रत बनाउँदै आफ्नो पक्षमा पारेको थियो । क्यानडाविरुद्धको तेस्रो तथा निर्णायक खेलमा भने रोहितले ब्याटिङको मौका पाएनन । नेपालले घरेलु मैदानमा जितेको यो पहिलो सिरिज हो ।

Facebook Comments Box