दमक/ झापाको दमक नगरपालिका वडा नं १० स्थित पशुपति आधारभूत बिद्यालयका बिद्यार्थीको शैक्षिक निरन्तरताका लागि सहयोग पुरयाउने उद्धेश्यले साइकल प्रदान गरिएको छ ।
दमक नगरपालिकाको उपप्रमुख विशेष कोषबाट सो बिद्यालयका १६ जना बिद्यार्थीलाई एक/एक थान साइकल प्रदान गरिएको हो ।
नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले बिद्यालयमानै पुगेर बिद्यार्थीहरुको बिद्यालय आवतजावतमा सहजताका लागि साइकल हस्तान्तरण गर्नुभएको उपप्रमुखको सचिवालयले जनाएको छ ।