दमक / मेची बहुउद्धेश्यीय सहकारी संस्थाको २९ औं वार्षिकाेत्सव तथा ३१ औं साधारणसभाकाे माइन्युट प्रमाणिकरण सभाकाे अवसरमा सहकारी अभियान्ता र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
स्व.गणेशप्रसाद बस्नेत स्मृति सहकारी अभियन्ता पुरस्कार राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबि बस्नेतलाई, स्व. गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कार स्वादिन सम्वाद साप्ताहिकका सम्पादक माधव बिद्राेही र मेची पत्रकारिता पुरस्का पूर्वज्याेति साप्ताहिक उर्लाबारीका सम्पादक प्रकाशक जगन्नाथ भट्टराई र मेची सहकारी सञ्चार गृह पुरस्कार बिर्तामाेडस्थित रेडियाे भिजनलाई प्रदान गरिएकाे छ । संस्थाले उत्कृष्ट कार्य सम्पादन गर्ने सेवा केन्द्रका रुपमा बेलबारी सेवा केन्द्रका प्रमुख रमेश क्षेत्रीलाई पुरस्कृत गरेको छ ।
साथै संस्थाले गत चैत्रमा आयाेजना गरेकाे अन्तर सेवा कार्यालयस्तरीय फुटसल प्रतियाेगिताकाे पुरस्कार समेत बितरण गरेकाे छ । प्रतियाेगितामा कनकाइ र शिवसताक्षी सेवा कनर्यालयका संयुक्त टिम प्रथम भएकाले रु १००००, मिक्लाजुङ सेवा कार्यालय द्वितीय भएकाले रु ५०००, धेरै गाेल गर्ने कनकाइ सेवा कार्यालयका कर्मचारी विशाल टुडु र उत्कृष्ट मिडफिल्डर अादित्य थापालाई १०००/१००० प्रदान गरिएकाे थियाे ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालको प्रमुख आतिथ्यमा भएको बार्षिकोत्सव समापनका अवसरमा बोल्दै मन्त्री दाहालले नेपालको अर्थतन्त्र बलियो पार्न सहकारीता क्षेत्रलाई बलियो बनाउन जरुरी रहेको बताउनु भयो ।
उहाँले केही ब्यक्तिको गलत कार्यको दोष सिङ्गो सहकारी क्षेत्रलाई गलतरुपमा ब्याख्या गर्न नहुने बताउनु भयो । राज्यले तीन खम्बे आर्थिक नीति अबलम्बन गरेको अवस्थामा सहकारी एक महत्वपूर्ण खम्बा रहेको स्मरण गराउनु भयो ।
अर्थतन्त्रको एक महत्वपूर्ण खम्बालाई कमजोर रुपमा छोडेर सबल अर्थतन्त्र निर्माण गर्न नसकिने मन्त्री दहालले बताउनु भयो ।
पछिल्लो समय विभिन्न सहकारी सस्था मार्फत ठगिएकाहरुलाई उचित न्याय दिलाउनु र सहकारी क्षेत्रलाई बलियो नियमन र प्रोत्साहन पनि जरुरी रहेको उहाँको भनाइ थियो ।
१७ ह्जार भन्दा बढी सदस्य रहेको सो सहकारीले गत आर्थिक वर्ष २ करोड ७४ लाख रुपैयाँ राज्यलाई कर मात्र तिरेको संस्थाका प्रमुख कार्यकारी खोमप्रसाद बगालेले बताउनु भयो । ३ जिल्ला कार्य क्षेत्र रहेको सस्थाको ४ अर्ब ५३ करोडको वासलात रहेको छ ।