दमक/ नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले झापाको दमकस्थित इलाका प्रहरी कार्यालय दमकको क्षतिग्रस्त संरचनाहरुको स्थलगत निरिक्षण गर्नुभएको छ ।
खापुङले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भई क्षतिग्रस्त संरचनाको पुननिर्माणको अवस्थाबारे जानकारी लिँदै नागरिकस्तरबाट भइरहेको पुननिर्माणको कामको प्रशंसा गर्नुभयो ।
त्यस्तै महानिरीक्षक खापुङले मातहतका सुरक्षा इकाइका प्रमुख तथा प्रतिनिधिहरुलाई आवश्यक निर्देशन समेत दिँदै नागरिकको सेवामा तल्लीन हुन आग्रह गर्नुभयो । महानिरीक्षक खापुङसँगै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी इश्वर कार्की समेत सहभागीह हुनुहुन्छ ।
प्रहरीका उच्च अधिकारीहरुले त्यहाँ जनप्रतिनिधि तथा सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग पनि शान्ती सुरक्षाको अवस्था र नागरिक –प्रहरी सहकार्यका बिषयमा संवाद समेत गर्नुभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

Facebook Comments Box