काठमाडौं / सहकारी ठगीको आरोप लागेका तर अहिले सम्म पक्राउ नपरेका जीवि राईका नातेदार (जेठान) ज्ञानबहादुर बम्जनलाई अदालतले कारगार चलान गरेको छ । काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा पक्राउ परेका बम्जन पुर्पक्षका लागि आइतबार कारागार चलान भएका हुन् ।
जिल्ला अदालत, काठमाडौंले उनलाई थुनामा पठाउने आदेश दिएसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ ।
बम्जन सहकारी ठगीका मुख्य आरोपित जीबी राईको ससुराली तर्फका निकटम नातेदार(जेठान) हुन् । उनी जेनजी आन्दोलनको बलमा प्रहरी वृत्त, कालिमाटीको हिरासतबाट भागेका थिए । फेरि पक्राउ गरेर प्रहरीले उनलाई अदालत पेस गरेको थियो । यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगीमा समेत मुछिएका थिए । प्रहरीले उनलाई पक्राउ गरे पनि अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सहकारी ठगीका नामुद जीबी राई भने अझै पक्राउ परेका छैनन् । उनी देशबाहिर भएको भनिए पनि कहाँ छन ? भन्ने तथ्य सार्वजनिक भएको छैन ।