दमक/ इलामको माङसेबुङमा जारी १२ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलमा आज दमकको भाङबारी स्पोर्टिङ क्लब र विर्तामोडको रेड स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको खेलको विजेता टिमले फाइनलका लागि आफ्नो स्थान सुरक्षित गर्ने भएका कारण आजको खेल रोचक हुनेछ । यसअघि मानेभञ्ज्याङ स्पोर्टिङ क्लव दार्जिलिङ फाइनल प्रवेश गरिसकेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा एएससी अर्जुनधारा झापा विरुद्ध २–० को सहज जित निकाल्दै दार्जिलिङले उपाधिका लागि भिड्ने सुनिश्चित गरेको हो ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजिता सो प्रतियोगितामा ८ टिमको सहभागिता थियो । प्रतियोगिताका विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Facebook Comments Box