दमक/ दमक १० स्थित सिंहदेबी माध्यामिक बिद्यालयले अभिभावक र शिक्षकलाई सम्मानका साथै तीन दर्जनबढी बिद्यार्थीलाई पुरस्कृत गर्दै ५८ औ बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । पौष २२ गते देखि चार दिन सम्म विभिन्न कार्यक्रमहरु गरि पुष २५ गते शनिबार बार्षिक उत्सव सम्पन्न गरेको हो ।
बार्षिक उत्सव समारोहको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बिरुवा रोपेर उदघाटन गरेका थिए ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको विशेष उपस्थिती रहेको सो समारोहका बिच पूर्व वडाध्यक्ष समेत रहेका स्थानीय समाजसेवी डिककुमार राईलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने सोही अवसरमा शिक्षक ध्रुबराज खडकालाई पनि सम्मन गरिएको छ ।
सो अवसरमा आधा दर्जन बढी दाताहरुले स्थापना गरिदिएका नरहरी पवित्रा अक्षयकोष, पुष्पलाल खगमाया अक्षयकोष, खगेन्द्र पौडेल स्मृती अक्षयकोष, जंगबहादुर दुर्गा पवित्रा अक्षयकोष, बालकुमारी पराजुली अक्षयकोष, ईन्दु अम्बिका अक्षयकोषबाट बिद्यालयमा अध्ययनरत तीन दर्जन बढी बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
बिद्यालयले आफ्नो बार्षिक उत्सकै अवसर पारेर पूर्व बिद्यार्थीहरुले स्थापना गरेको अक्षयकोष र बिद्यालयका बिद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले स्थापना गरेको बिद्यार्थी कल्याणकोषबाट विभिन्न कक्षाका ३२ जना बिद्यार्थीहरुलाई झोला बितरण गरिएको छ ।
कार्यक्रममा दमक १० का वडाध्यक्ष राजेन्द्र प्रसाद भण्डारी पूर्व वडाध्यक्ष बोधराज न्यौपाने, देवीप्रसाद दाहाल, पुर्वप्रधानाध्यापक रुद्रप्रसाद सुबेदी हिमालय माविका प्रधानाध्यापक द्रोण श्रेष्ठ शिक्षक अभिभावक संघका संयोजक नगेन्द्रमणी न्यौपानेले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए भने बिज्ञान प्रदर्शनी समेत गरिएको थियो ।
सो कार्यक्रममा दमक ९ निवासी दुर्गा काफलेले एक लाख र स्थानीय अभिभावक हरिप्रसाद खनालले ५० हजार राशीको अक्षयकोषको स्थापना गरिदिने पनि घोषणा गरेका छन् ।
बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सोम प्रसाद बरालले बिद्यालयको नीति तथा कार्यक्रम सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने शिक्षक राजेन्द्र श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक घनश्याम अधिकारीले गरेका थिए ।