दमक/ इलामको चुलाचुली गाउँपालिकामा रहेको पर्यटकीयस्थल चपेटीमा दमकका लायन्सकर्मीहरुले सहयोग गरेका छन् । पर्यटकीयस्थल चपेटीको प्रवेशद्धार गेट नजिकै पश्चिमतर्फ खुल्ला जमिनमा लायन्स पार्क समेत निर्माण गरिने भएको छ ।
लायन्स क्लब अफ द हेल्पिङ हाट्सको संयोजनमा निर्माण हुने सो लायन्स पार्कलाई आगामी वर्षभित्र व्यवस्थित बनाइने क्लबकी अध्यक्ष संगीता राई तुम्बापोले बताईन् । लायन्स पार्कमा हाल सिमेन्टको पिलरसहित वरीपरी तारबार गरिएको छ ।
शुक्रबार दमकका लायन्सकर्मीहरुले भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्दै त्यहाँँ लायन्स पार्कको घोषणा गरिएको लायन्स क्लब अफ द हेल्पिङ हाट्र्सकी सचिव सम्झाना साँवा लिम्बूले बताईन् ।
लायन्स क्लब अफ द हेल्पिङ हाट्र्सकी अध्यक्ष संगीत राई तुम्बापोको अध्यक्षतामा र लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ सीका क्याविनेट सेक्रेटरी नेत्रप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरिएको थियो ।
सो पार्कमा लायन्सकर्मीहरुको व्याक्तिगत प्रयासमा कंक्रीटले बनाइएका ७ थान कुर्सी (बेञ्च), फोहोर संङ्कलनका लागि ४ थान डस्टबिन (सिमेन्टको रिङ) र विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको छ ।
हालै, संम्पन्न दमक उद्योग बाणिज्य संघको निर्वाचनबाट महिला उपाध्यक्षमा बिजयी भएकी व्यवसायी तथा लायन्स क्लब अफ द हेल्पिङ हाट्र्सकी अध्यक्ष राईले पर्यटकीयस्थल चपेटीलाई सुविधा सम्पन्न बनभोज र मनोरञ्जनस्थलको रुपमा विकास गर्न दमकका लायन्सकर्मीहरुको प्रयासमा लायन्स पार्क निर्माणकार्य सुरुवात गरिएको बताईन् ।
सो कार्यक्रममा लायन्सकर्मी तथा रिजन चेयरपर्सन युवराज गजमेरले लयान्सकर्मीहरुको एकता, सहकार्य र जिम्मेवारीले समाजमा साना–ठूला कार्यहरु पुरा गर्न सफल भएको बताए ।