दमक/अल्झेछ क्यारे पछ्यौरी तिम्रो ……..धेरैले अन्तर मनदेखि अझै पनि बेला बेला गुनगुनाउने यो गीतका शब्द जति मायाले भरिएका छन् उस्तै माया गरेर मनमनमा सजाइएका छन स्वर सम्राट नारायणगोपाल ।

नेपाली गीत संगीतको क्षेत्रका एउटा कालजयी नाम नारायणगोपालको देहावसन भएको आज २९ वर्ष पुगेको छ । बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट विसं १९९६ असोज १८ गते काठमाडांैमा उहाँको जन्म भएको थियो । उहाँको विसं २०४७ मङ्सिर १९ गते आर्थत आजकै दिन ५१ वर्षको उमेरमा निधन भएको हो ।
उहाँको २९औँ स्मृति दिवसका अवसरमा नारायण गोपाल सङ्गीत कोषले उहाँको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।