दमक/झापाको दमक ५ स्थित जाल्पादेवी किर्तन मण्डलीको १३ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।


ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको दमक ५ स्थित कार्यालय परिसरमा सो किर्तन मण्डलीले यस अघिनै निर्माण गरेको जाल्पादेवीको मन्दिरमा पूजाआजासहित भजन किर्तन, सम्मान आदि गरेर किर्तन मण्डलीले आज बार्षिकोत्सव मनाएको हो । किर्तन मण्डलीका अध्यक्ष यदुराम तिम्सिनाको अध्यक्षता र ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका अध्यक्ष सिताराम खतिवडाको प्रमुख आतिथ्यमा भएको साधारण सभामा सरस्वती किर्तन मण्डलीकी प्रतिनिधि सजु बुढाथोकीसहित किर्तन मण्डलीका सल्लाहकार एवम् संस्थापकहरु, ज्येष्ठ नागरिकहरुको विशेष आतिथ्य रहेको थियो ।

सो अवसरमा एक जना बृद्ध र एक जना बृद्धालाई किर्तन मण्डलीले सम्मान समेत गरेको संस्थाका उपाध्यक्ष नेत्र सापकोटाले जानकारी दिनु भयो । कार्यक्रममा किर्तन मण्डलीका कोषाध्यक्ष भवानी घिमिरेले चालू बर्षको आम्दानी तर्फ कूल १ लाख ७७ हजार ९५२ र खर्च तर्फ १ लाख २३ हजार ८३० रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सापकोटाले स्वागत मन्तव्य र सचिव विमला पोखरेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

 

Facebook Comments Box