भद्रपुर/ झापा भद्रपुर नगरपालिका वडा नं ६ संगम चोकमा राधा कार्कीको दुई तले पक्की घर भत्काउने क्रममा छतबाट लडेर एक जना मजदुरको ज्यान गएको छ । भद्रपुर ५ राजन चोक का ३४ बर्षिय ओपेन राजबंशीको शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लडेर गम्भिर घाईते भएका राजवंशीको ओमसाईमा पाथीभरा अस्पतालमा उपचारको लागि पुर्याउनासाथ करिब साढे ६ बजे चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
सोही घट्नाका अर्का घाइते भद्रपुर ५ पोखरीटोलका ३५ बर्षिय धर्मेन्द्र यादवको प्रादेशीक मेची अस्पताल भद्रपुरमा उपचार भईरहेकोमा ओमसाइ पाथीभरा अस्पताल रेफर गरिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।