दमक/ झापाको दमकमा यहि पुष ११ गते बालबालिकाहरुको क्षमता विकासका लागि आयोजित प्रदेश स्तरीय प्रतिभा छनौट ‘रमपम ट्यालेन्ट हण्ट’ प्रतियोगिताको फाइनल हुँदैछ । सो प्रतियोगितामा अन्तिम प्रतिष्पर्धाका लागि २० प्रतिभा छनौट भएका छन् ।


दमकको पि एण्ड वि. इभेन्ट एण्ड एकाडेमीको आयोजनामा शुरु भएको प्रतियोगितामा बिभिन्न जिल्लाका प्रतियोगिहरु सहभागी भई अन्तिम प्रतियोगी छनौट गरिएको कार्यक्रम संयोजक भक्त श्रेष्ठले जानकारी दिनु भयो ।
एशियन थाई फुड प्रा.लि.को रमपम तयारी चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगिताका लागि गत जेष्ठ महिना देखि प्रतिभा छनौट शुरु गरिएको बुधबार दमकमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिईयो ।
जसमा गायन, नृत्य र मोडल विधामा पहिलो चरणको छनोटमा १ नं. प्रदेशका झापा, मोरङ, इलाम, सुनसरी लगायतका करिब एक सय विद्यालयका करिब ४ हजार ५ सय विद्यार्थीहरुले सहभागिता जनाएका थिए । ति मध्ये पाँच चरणको छनौटबाट नृत्यमा ९ जना, गायनमा ६ र मोडलमा ५ गरी २० जना बालबालिकाहरुले फाइनल सम्म यात्रा गर्न सफल भएको आयोजकले जनाएको हो ।
तिन ओटै विद्याबाट एक÷एक सहित एक सर्वोत्कृष्ट प्रतिभा छनौट हुनेछ । प्रतियोगितामा सर्वाेत्कृष्ट हुने एकजनाले एक वर्षे छात्रवृत्ति, नगद पुरस्कार २० हजार तथा तीन वटै विधागत विजेताहरुले जनही नगद पुरस्कार १०÷१० हजार सहित विजेताहरु ४ जनालाई नै साइकल, शिल्ड, मेडल, प्रमाण पत्र गरिने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments Box