सन्तोष बराल

विश्वको जुनसुकै गरिब राष्ट्र आँफु सँग भएको स्रोत साधनको पूर्ण र उचित सदुपयोगको अभाव बाट गुज्रिरहेको हुन्छन्। भौतिक पुंजी तथा मानवीय स्रोतको अभाव राज्यको विकास सँग नजिकको सम्बन्ध को विषय हो। त्यस्तै नेपालमा पनि विकासका पूर्वाधारको अभाव रहेको पाईन्छ नेपालको बेरोजगारी दर ११।५५ रहेको छ। दक्षिण एसियाको विकासउन्मुख राष्ट्र भएकोले नेपालमा पनि शिक्षा अवसर र रोजगारीको अभावले धेरै नेपाली बिदेशमा रहेको यथार्थ प्रष्ट नै छ।
जसबाट नेपाललाई विप्रेषणप्राप्त हुन्छ। कुल ग्रास्त उत्पादनमा विप्रेषण आयको योगदान ३३  प्रतिशत रहेको छ। देशको विकासमा यो क्षेत्र महत्त्वपूर्ण अंशियारको रूपमा रहेको पाईन्छ। करिब ६० लाख नेपाली विभिन्न देशमा विभिन्न रोजगारीमा रहेको अनुमान गरिन्छ। नेपाली रहेको र विप्रेषण प्राप्त हुने मुख्य देशहरुमा भारत, साउदी अरब, अमेरिका, मलेसिया, जापान मुख्य देशहरु हुन्। विश्व बैंकको प्रतिवेदन अनुसार नेपालमा
आर्थिक वर्ष विप्रेषण
२०७१/७२                             ६१७  अर्ब
२०७२/७३                             ६६५  अर्ब
२०७३/७४                             ६९५  अर्ब
२०७४/७५                            ७७६ अर्ब
२०७५/७६                            ७८६ अर्ब
विप्रेषण प्राप्त भईरहेको छ। जसलाई हेर्दा विप्रेषण निरन्तर बढेको देखिन्छ। नेपाल विप्रेषण भित्र्याउने ठुला राष्ट्रको सुचिमा १९ औं स्थानमा पर्दछ।
यसबाट हामी प्रष्ट हुन्छौं, हाम्रो दैनिक जीवन उपभोग बैंकिङ्ग विकास निर्माण देश भित्रको व्यावसायिक गतिविधि र व्यावसायिक लगानी प्रत्यक्ष रूपमा विप्रेषणमा निर्भर छन्।
हाल विश्वभारी फैलिएको कोरोना भाईरस ९ कोभिड(१९ ०बाट विश्व भरी २० करोड मानिसले रोजगारी गुमाउने अनुमान गरिएको छ। यस बाट विश्वभरीका नेपाली प्रभावित हुनेनिश्चित छ। नेपालको विप्रेषण र यसमा आधारीत उपभोग निर्माण पुँजीगत् उपभोग लगानी सबै क्षेत्रमा प्रभाव पर्ने देखिन्छ। नेपालमा प्राप्त हुने विप्रेषणमा आउने गिरावटले देशको स(साना व्यवसायी, बैंक तथा वित्तीय संस्था सहकारी र तिनको लगानी, जनताको उपभोग, पुँजीगत् वस्तुको व्यापार सबै प्रभावित हुने अवस्था सृजना हुँदैछ।
विप्रेषण आयलाई मनसुनको खेती भनिएता पनि प्रत्येक नवगठित सरकारले रोजगारीको सम्भावना गन्तव्य खोजी भन्दै विभिन्न देश सँग श्रम सम्झौता गर्ने गरेको पाईन्छ। आफ्नो राष्ट्रमा रोजगारी सृजना नगर्ने, बेरोजगारी समस्याको समाधान मात्र बैदेशिक रोजगारी भन्दै श्रम सम्झौता गर्दै जाँदा देश आजको दिन सम्म आईपुग्यो, नेपालमा हाल ११।५५ मा रहेको बेरोजगारी दर, प्रत्येक बर्ष श्रम बजारमा थपिने ५ लाख र अन्तराष्ट्रिय रोजगारी बाट बिस्थापित भएका जनशक्तिलाई समयमा नै व्यवस्थापन नगर्ने हो भने, यो समस्या बिकरल हुन सक्छ ।
बेरोजगारी समस्यालाई समाधान गर्न र कोरोना लाई अवसरको रूपमा बदल्न, नेपालले स्वरोजगार ससाना घरेलु उद्योग, लघु उद्योग, सामाग्री उत्पादन, बजारीकरण र व्यापार सहजीकरण विकल्प हुन सक्छन्। आयात प्रतिस्थापन केन्द्रित व्यवसाय, कृषि तथा औद्योगिक उत्पादन वृद्धि तर्फ केन्द्रित हुँदै विप्रेषण बाट प्राप्त हुने आयको अन्तरलाई पुरा गर्दै देशको अर्थतन्त्र उपभोग विकास लगानीलाई पूर्ववत रूपमा नै प्राप्त गर्न सकिन्छ।
( लेखक नेपाल बैंक लिमिटेड उर्लाबारीका बरिष्ठ सहायक खजान्ची हुन् )

Facebook Comments Box