दाहाल प्रतिष्ठान, मिष्ट कलेज र मदन भण्डारी स्मृति प्रतिष्ठानको कलेजलाई क्वारेन्टीन बनाएको नगरपालिकाले महिला र पुरुष एकै स्थानमा राख्दा समस्या हुने भन्दै अलग्गै व्यवस्था गरेको हो । दमकमा हाल दमकका दमक बाहरिका गरी कूल ३० जना महिला छन् ।
महिलाका लागि व्यवस्था गरिएका क्वारेन्टीन मध्ये पनि दमकका बासिन्दा र बाहिरका महिलाका लागि पनि अलग अलग व्यवस्था गरिएको उपमेयर अधिकारीले जनाउनु भयो । अधिकारीका अनुसार तीन ओटा क्वारेन्टीन मध्ये मिष्ट कलेजलाई होल्डिङ् स्टेशनका रुपमा उपयोग गरिएको छ ।
दमक/भारतबाट भित्रिनेको संख्या बढेसंगै झापाको दमक नगरपालिकाले क्वारिन्टीन व्यवस्थापनका साथै अन्य स्वास्थ्य सजगताका लागि उच्च सतर्कता अपनाएको छ । नगरपालिकाले आफ्ना नगरबासीका साथै अन्य ठाउँबाट समेत होल्डिङमा बस्नुपर्नेहरुका लागि छुट्टाछुट्टै व्यवस्थापन गरेको हो । नगरपालिकाकी प्रवक्ता समेत रहेकी उपमेयर गीता अधिकारीका अनुसार हाल दमकमा होल्डिङ् स्टेशन सहित तीन ओटा क्वारेन्टीन सञ्चालनमा ल्याइएको छ छ भने ति मध्ये एउटामा भने महिलालाई मात्रै राखिएको छ ।
भारतबाट भित्रिनेको संख्या बढेसँगै क्वारेन्टिीनको क्षमता पनि बढाईएको छ । २४ जना क्षमताको दाहाल प्रतिष्ठानमा ४० र २० जना क्षमताको मिष्ट कलेजलाई ६० जना क्षमताको बनाईएको छ । मदन भण्डारी प्रतिष्ठानमा थप एक सय जना राख्न सक्ने गरि क्वारेन्टीन निर्माण गरिएको हो । यस्तै दमकको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा शुरुमा २ शैयाको आईसोलेसन कक्ष सञ्चालन गरिएको थियो । तर यसको क्षमता वृद्धी गरि ४ शैयाको बनाईएको छ भने दमककै आम्दा अस्पतालमा पनि ५ शैयाको आईसोलेसन तयारी अवस्थामा राखिएको छ ।
दाहाल प्रतिष्ठान, मिष्ट कलेज र मदन भण्डारी स्मृति प्रतिष्ठानको कलेजलाई क्वारेन्टीन बनाएको नगरपालिकाले महिला र पुरुष एकै स्थानमा राख्दा समस्या हुने भन्दै अलग्गै व्यवस्था गरेको हो । दमकमा हाल दमकका दमक बाहरिका गरी कूल ३० जना महिला छन् ।
महिलाका लागि व्यवस्था गरिएका क्वारेन्टीन मध्ये पनि दमकका बासिन्दा र बाहिरका महिलाका लागि पनि अलग अलग व्यवस्था गरिएको उपमेयर अधिकारीले जनाउनु भयो । अधिकारीका अनुसार तीन ओटा क्वारेन्टीन मध्ये मिष्ट कलेजलाई होल्डिङ् स्टेशनका रुपमा उपयोग गरिएको छ ।
यस स्थानमा पुरुषहरुलाई मात्र राखिएको छ । स्थानीय र अन्यत्रका पुरुषलाई पनि अलग अलग राख्ने व्यवस्था अनुसार दमक भित्रका पुरुषहरुलाई दाहाल प्रतिष्ठानमा राखिएको छ ।
महिलाहरु मात्र राखिने मदन भण्डारी स्मृति प्रतिष्ठानको क्वारेन्टीनमा पनि दमकका स्थानीय र अन्यत्रका महिलाहरुलाई भेट हुन नपाउने गरि अलग्गै राखिएको छ । कलेजको माथिल्लो तलामा दमकका मात्र महिलाहरु राखिएको छ । महिला मात्र राखिएको क्वारेन्टीनमा महिलाहरुको सहजताका लागि सरसफाईका सामाग्री तथा सेनीटरी प्याडको समेत व्यवस्था गरिएको छ । क्वारेन्टीनमानै रहेको समयमा समेत महिलाहरुमाथि विभेद तथा हिंसा हुन सक्ने भएकाले त्यस्तोा अवस्था आउन नदिन उनीहरुका लागि अलग्गै बस्ने व्यवस्था मिलाईएको जनाईएको छ ।
शुरुमा महिला र पुरुषलाई एउटै क्वारेन्टीनमा राख्ने गरिएको भए पनि भारतबाट नेपालीहरु भित्र्याउने क्रम शुरु भएसँगै अलग अलग क्वारेन्टीन सञ्चालन गरिएको हो ।
स्वास्थ्यकर्मीको स्वास्थ्य परीक्षण
झापामा पहिलो पटक कोरोना संक्रमित भेटिएको दमकका सवै अस्पतालका स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षण गरिएको छ । नगरपालिकाले सरकारी अस्पताल सहित निजी अस्पतालहरु लाईफलाईन, नमस्ते, निम्स, दमक हस्पिटल र ओममेची अस्पतालका ३÷३ जना स्वास्थ्यकर्मी सहित ४५ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षणको सवै नतिजा नेगेटीभ आएको छ ।
यस्तै लकडाउनको अवधीमा मृगौलाको डायलासीस गर्ने बिरामीका लागि नगरपालिकाले सहुलियतमा एम्बुलेन्स उपलव्ध गराएको छ भने सुत्केरीका लागि निशुल्क सेवा प्रदान गरेको छ । डायलासीसी गर्ने बिरामी लकडाउनको समयमा टाढाका अस्पताल सम्म एम्बुलेन्समा जानु पर्ने भएकाले न्युन दरमा प्रदान गरिएको नगरपालिकाले जनाएको छ । प्रसुती गराएका महिलाले भने निशुल्क एम्बुलेन्स सेवा पाउँदै आएका छन् ।
लकडाउनमै महिला र वालबालिकाको उद्धार
लकडाउनकै समयमा दमकबाट सडक बालबालिका तथा सहयोगापेक्षी महिलाको उद्धार गरिएको छ । आफ्न्त बिहिन ४ जना बालबालिकालाई उद्धार गरि वालसंरक्षण गृहमा पठाईएको नगरपालिकाले जनाएको छ । यसैगरि लकडाउनकै विचमा दुई जना महिलाको समेत उद्धार गरि नगरपालिकाले सञ्चालन गरेको सेफहाउसमा राखिएको जनाईएको छ ।