दमक/ विश्व वातावरण दिवसको अवसर पारेर दमक ८ स्थित झापा मोडल अंग्रेजी मा.वि.दमक झापाले अन लाइन जुम मिटिंग वातावरण मैत्री स्कुल विषायक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
लकडाउनको कारण घरमै बसेका बालबालिकाहरुलाई प्रविधिको प्रयोग गरेर त्यस किसिमको जनचेतनामुलक कार्यक्रममा सहभागि गराइएको विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिनु भयो । सो कार्यक्रममा राजनीतिक, शैक्षिक अगुवाहरु र देशभरबाट विद्यार्थीहरूले भाग लिएका थिए ।

कार्यक्रममा भागलिने विद्यार्थीहरू क्रमस महाकाली हायर सेकेण्डरी स्कूल कन्चनपुरबाट श्री कोमल बजगाईं, श्री रिया ढकाल , न्यू ईनभायर्नमेन्ट सेकेण्ड्री स्कूल बुटवल, श्री अपेक्षा पोखरेल एपेक्स स्कूल व बुटवल श्री ईक्क्षा के सी , अर्किड हायर सेकेण्ड्री स्कूल नारायणगढ चितवन, श्री रूची नकर्मी , गोल्डेन गेट अंग्रेजी मा वि भक्तपुर, श्री एरिगा खड्का माउण्ट भ्यू ईंगलिस स्कूल भक्तपुर, श्री सदिक्क्षा ठाकुर व्ऋब् क्अजयय िपोखरा, श्री खुशी श्रेष्ठ पिसजोन सेकेण्ड्री स्कूल ईटहरी सुनसरी,श्री कृषा दाहाल ,हिमालय मा वि दमक झापा,श्री राजेश दाहाल , स्मारिका सामुदायिक वोर्डिंग स्कूल कमल झापा,श्री शुनिल लिम्वू , फाक्तालुंग ईंगलिस फाउण्डेशन कनकाई झापा, श्री अमिशराज निरौला , ईष्टहोराइजन अंग्रेज मा. वि. मेचीनगर झापा र श्री सेलिया श्रेष्ठ झापा मोडल अंग्रेज मा वि दमक झापा रहेका प्रिन्सिपल श्रेष्ठले बताउनु भयो ।
समूह छलफलको अन्तर्राष्ट्रिय विधी अनुसार संचालन गरिएको सो कार्यक्रममा आफ्नो विद्यालय परिवेश मात्र होइन विश्वलाईनै कसरी वातावरण मैत्री वनाउन सकिन्छ भन्ने विविध विषयमा विद्यार्थीहरुले लगभग २ घण्टा छलफल गरेका थिए । विभिन्न जिल्लाका विभिन्न विद्यालयका १५० भन्दा वढी विद्यार्थीहरू सहभागी भएको सो कार्यक्रमको मोडरेटर विद्यालयका को अर्डिनेटर जश्मिन श्रेष्ठ ( अष्ट्रेलिया) हुनुहुन्थ्यो ।