दमक/ भारतमा दैनिक कोरोना संक्रमण द्रुतगतिमा फैलिईरहेको छ । भारतबाट नेपाल प्रवेशमा रोक लगाउँदै भारतबाट नेपाल घर फर्किनेहरुलाई व्यवस्थित रुपमा होल्डिङ सेन्टर हुँदै क्वारेन्टिनमा राख्न सरकार लागि परेको छ तर सरकारका सुरक्षा अंगहरु ( सशस्त्र र जनपथ प्रहरी) भारतीय बजारबाट नेपालतर्फ अबैध रुपमा सामानहरु भित्र्याउे काम आफ्नै संरक्षणमा गराईरहेका छन् ।

झापाको दक्षिणवर्ती सीमा क्षेत्रमा तस्कारी गरेर सामान भित्रेयाउँदै ।
तस्कर समुहले भारतबाट भित्र्याएको अबैध सूर्ति भण्डारण गरिएको घरबाट गौरीगञ्ज १ कुञ्जीबारीमा स्थानीय युवाले एक बोरा सूर्ति बरामद गरेर इलाका प्रहरी कार्यालय झिलझिलेलाई बुझाइसकेका छन् ।
तर प्रहरीले सूर्ति भित्र्याउने भारतीय तस्करसंग साँठगााठ भएका विनोद नामका ति व्यापारीलाई अहिले सम्म पक्राउ गरेको छैन । ति व्यक्ति लामो समयदेखि सो क्षेत्रमा अबैध तस्करी गर्ने प्रमुख नाइके भएको स्थानीयको भनाई छ । सीमा बन्दको अवस्थामा पनि तस्करहरुले दिनहुँ सामान भित्र्याईरहनु र सामान बरामद गरेर जिम्मा लगाउँदा पनि संलग्नलाई कारवाही नगर्नुले सीमा क्षेत्रमा सुरक्षा निकायको संरक्षणमानै तस्करी हुने गरेको प्रष्ट हुन्छ । तर जसका कारण ठाउँ ठाउँमा तस्करको समूहले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्ने गरेका घट्ना एकपछि अर्को गर्दै बाहिर आईरहेका छन् ।
गए राति भारतीय तस्करको समूहले आक्रमण झापा गाउँपालिका–१, लसुनास्थित नेपाल–भारत सीमामा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेडक्वार्टर झापाका एसपी रेशमकुमार थक्सुले जानकारी दिनुभयो । भारतीय तस्करले अवैध रुपमा सामान छिराउने क्रममा सीमाका सुरक्षाकर्मीले रोक्न खोज्दा झडप भएको सुरक्षाकर्मीको भनाई छ ।