दमक/  विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या साढे ४ लाख नाघेको छ । विश्वका २ सय १३ देश र २ वटा पानीजहाजमा फैलिएको कोरोना सङ्क्रमणबाट अहिलेसम्म ४ लाख ५१ हजार २ सय ६३ जनाले ज्यान गुमाएका हुन् । कोरोना सङ्क्रमित हुनेको संख्या ८४ लाख पुगेको छ ।
सङ्क्रमितमध्ये ४४ लाख १४ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् ।

यसैबीच भारतमा कोरोना सङ्क्रमितको संख्या ३ लाख ६७ हजार पुगेको छ । सङ्क्रमितमध्ये १ लाख ९४ हजार निको भएका छन् । १२ हजार २ सय ६२ जनाको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ । नेपालमा पनि अहिले सम्म ७ हजार २ सय भन्दा बढी संक्रमित भईसकेका छन भने २० जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैनिक संक्रमितको संख्या नेपालमा पनि उच्च गतिमा बढिरहेको छ ।

Facebook Comments Box