दमक/ प्रदेश नम्बर १ मा ११ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आज झापाको गौरिगञ्जमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मोरङमा ८ जना नयाँ संक्रमित थपिएका छन् । मोरङको रतुवामाइ नगरपालिकामा ८ जना कोरोना संक्रमित थपिएका हुन ।

त्यस्तै सुनसरीको कोशी गाउँपालिकामा पनि आज २ जना महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर मेहताले जानकारी दिनुभयो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३० पुगेको छ । ती मध्ये २३४ जना उपचारपछि निको भएका छन ।

Facebook Comments Box