काठमाडौ / नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला झण्डै एक लाख पुगेको छ । आज सुनको मूल्य तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो अहिलेसम्मकै महँगो भाउ हो । केही दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।
चाँदीको भाउ भने आज एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ ।