दमक/ झापा दमककी जस्मिन  कारन्जित श्रेष्ठले अष्ट्रेलियामा विजनेश अन्तर्गत उद्यमशीलता बिषयमा स्नाकोत्तर ( डिग्री ) हासिल गरेर हालै स्वदेश फर्किएकी छिन् ।


दमक –८ स्थित झापा  मोडल अंग्रेजी माविकी शैक्षिक संयोजक समेत रहेकी जस्मिनसंगै अन्य २८ जना नेपाली विद्यार्थी सो कोर्ष अध्ययनका लागि १८ महिना अघि अष्ट्रेलियाको मेलवर्न युनिभर्सिटी गएका थिए ।
उच्च शिक्षा अध्ययनको लागि विभिन्न विधामा छात्रवृति प्राप्त गर्न प्रयत्नरत प्रतिष्पर्धीहरूलाई पछि पार्दै श्रेष्ठ नेपालबाट छानिएकी २८ जना जेहेन्दार विद्यार्थीहरू मध्येकी एक्ली छात्रा हुन् । उनले सो बिषय अध्ययनका लागि प्राप्त गरेको छात्रवृत्ति वापतको रकम करिब सवा करोड नेपाली रुपैयाँ बराबरको भएको बताइएको छ ।

सोे छात्रवृत्तिमा उनले अष्ट्रेलियामा जश्मिनले उद्यमशीलता बिषयको अध्ययन गर्ने सिसिलामा एउटा प्रोजेक्टका रुपमा दमक नगरपालिकाका एकल महिलाको उद्यमशीलताको बिषय पनि रोजेकी थिइन । उनले सो बिषयमा समेत गहिरो अध्ययन पुरा गरेको बताएकी छिन् । काठमाडौ विश्वविद्यालयबाट एमबीए मास्टर्स अफ विजनेस एडमिनिस्ट्रेसन गरिसकेपछि उनी अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण ठानिएको सो विषयमा अध्ययन पुरा गरेर नेपाल फर्किएकी हुन् ।

कोभिड २०१९ ले विश्व अर्थतन्त्रलाई आक्रान्त पारिरहेको समयमा दमकका एकल महिलाहरुको आर्थिक अवस्था, उनीहरुमा उद्यमशीलताको सम्भावना बिषयमा उनले गहिरो अध्ययन गरेको बताइन् । उनले आफुले अध्ययनका क्रममा हासिल गरेको ज्ञान र सीपलाई स्थानीय सरकारसंगको समन्वयमा स्थानीय ठाउँमा नै उपयोग गर्ने आफ्नो भावी योजना सुनाइन् ।

निष्कर्ष न्यूजसंगको कुराकानीमा जस्मिनले भनिन् “म जुन शैक्षिक संस्थामा आवद्ध छु, सर्वप्रथम मैले आर्जन गरेका ज्ञान र सीप मेरा विद्यार्थीहरूलाई यथेष्ट मात्रामा प्रदान गर्न चाहान्छु । त्यसपछि दमक जस्तो समुन्नत भविष्य वोकेको नगरपालिकाको बासिन्दा भएकोले यो नगरपालिकाले मेरो अध्ययनको ज्ञान र सीप लिन चाहेमा म जुनसुकै तवरबाट पनि त्यसका लागि सहयोग गर्न तयार छु ।” जश्मिन दमक ८ स्थित झापा मोडल अंग्रेजी माविका प्रिन्सिपल सागर श्रेष्ठकी पत्नी हुन् ।

Facebook Comments Box