दमक/ झापामा ९ सहित प्रदेश १ मा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ६२, सुनसरीमा २२ र प्रदेश १ बाहिरका २ जनामा समेत संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ७६ पुरुष र २८ जना महिला छन ।
यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ । यसैबीच प्रदेश १ बाट आज ३५ जना डिस्चार्ज भएका छन् ।

Facebook Comments Box