विराटनगर/ विराटनगरस्थित नोबेल अस्पतालका एक जना डाक्टरसहित थप चार जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ ।
१ चिकित्सक, १ नर्स र दुई जना फार्मेशीका कर्मचारीमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मंगलबार थपिएका चार जनासँगै नोबेलमा संक्रमितको संख्या १८ जना पुगेको छ । यसअघि चार जना डाक्टर, ६ जना स्टाफ नर्स, २ जना अस्पतालका कर्मचारी र २ फार्मेसीका कर्मचारी रहेका छन् ।
त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञान बहादुर बस्नेतलाई समेत कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

Facebook Comments Box