विराटनगर/ विराटनगरमा क्रियासील छ जना पत्रकारले कोरोना जितेका छन् ।
तीन दिन अघिको स्वाब परीक्षणबाट कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना उद्घोष दैनिकमा आवद्ध पत्रकार रहेका बताइएको छ । पत्रकारहरु मोहन भण्डारी, कमल रिमाल, संजीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र नारायण ठाकुर र दिनेश साह कोरोना मुक्त भएका जनाइएको छ । उनीहरु मध्ये दुई जना होम आइसोलेसनमा उपचाररत थिए भने चार जना बैजनाथपुर स्थित आइसोलेसन सेन्टरमा उपचाररत थिए ।