दमक । झापाको दमकमा कोरोना संक्रमण देखिएको लगभग चार महिनापछि बल्ल आईसोलेसन निर्माण शुरु गरिएको छ । नगरपालिकाले दमक २ स्थित हङ्सेदुम्से बन क्षेत्रमा यस अघि रहेको शरणार्थी समन्वय इकाइ लगायत शरणार्थी गतिविधि सग सम्बन्धित १४ कोठे पक्की भवनमा हिजोदेखी आईसोलेसन कक्ष निर्माण शुरु गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार त्यहाँ ३० बेडको आईसोलेसन अर्थात कोरोना संक्रमण भएकालाई उपचारका लागि ब्यवस्थापन गरिनेछ । नजिकै यश अघिको सशस्त्र प्रहरी बेस क्याम्प बेलडाँगी १ रहेको स्थानमा भने स्वास्थ्य कर्मचारी तथा आवश्यक सुरक्षाकर्मी रहने ब्यवस्था मिलाउन लागिएको छ । ती ठाउँमा खानेपानी , बिजुली , शौचालय , स्नानगृह लगायतको ब्यवस्थापन गर्ने काम भैरहेको छ । दमकमा कोरोना सङ्क्रमितहरु देखिन थालेको धेरै समय भएपनि स्थानीय सरकारलाई आफै आइसोलेसन कक्षको ब्यवस्थापन गर्ने अधिकार केन्द्र सरकारले करीब एक साता अघि मात्रै प्रदान गरेका कारण सन्क्रमितहरुको उपचारका लागि स्थानीयस्तरमा ब्यवस्थापन गर्न ढिलाइ भएको बताइएको छ । दमकमा आईसोलेसन कक्षको अभावमा कतिपय संक्रमण पुष्टि भैसकेकालाई पनि घरमै बसेर चिकित्सकले आवस्यक स्वास्थ्य परामर्श सेवा दिदै आएका स्वास्थ्य शाखाका कुबेर भट्टराईले बताए । उनका अनुसार दमकमा होम आईसोलेसन र क्वारेन्टाइनस्थलमा बनाइएका आईसोलेसनमा कुल २२ जना छ्न । उनीहरु उपचारका लागि कोभिड विशेष अस्पतालको अभावको सिकार भएका हुन ।