गौरीगन्ज । झापाको गौरीगन्जमा हिजो कोरोना संक्रमण पुष्टि भएका एक जनाको प्रत्यक्ष सम्पर्कमा आएका ७४ जनाको परिक्षणका लागि आज स्वाब संकलन गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रका अनुसार प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको बताए । थप सम्पर्कमा आएकाहरुको पहिचान गर्नेकाम भैइरहेको उनले बताए ।                      कर्फ्यु लागेपछि सुनसान                                             यसैबीच गौरीगन्ज ३ देखि ६ सम्मका ४ वडामा कर्फ्यु लगाइएपछि सो क्षेत्र सुनसान बनेको छ । आज त्यस क्षेत्रमा मानिसको चहलपहल शुन्य जस्तै भएको हो ।

Facebook Comments Box