दमक नगरमा स्थानीय सरकारले गरेको बन्दाबन्दी केही खुकुलो बनाउदै भाद्र १५ गते सम्म लम्ब्याउने नगर प्रमुख रोमनाथ ओलीले प्रस्ताव गरेका छ्न । अहिलेसम्म संक्रमण बढी देखिएका मालपोत , टेलिकम , विद्युत लगायतका कार्यालयको सेवा पुर्ण रुपमानै भाद्र १५ सम्म बन्द गर्ने प्रस्ताव छलफलमा राखेका छन । त्यस्तै तरकारी बजार लगायत अत्यावश्यक किनमेलका लागि आंशिक बजार खोल्ने प्रस्ताव गरेका छन । छलफलमा सहभागी अधिकाङ्स प्रतिनिधिहरुले लकडाउन थप कडाइ गर्दै कम्तीमा थप एक हप्ता लकडाउन लम्ब्याउन सुझाव राखेका छ्न । प्रारम्भिक छलफलमा दमकका राम थापा, प्रकाश बुढाथोकी , रोशन गौतम , रोशन बिस्ट , लक्ष्मण श्रेष्ठ , ढुन्डीराज भन्डारी लगायतले सुझाव राखेका छ्न । छलफलमा अहिलेसम्मको लकडाउनको समिक्षा पनि गरिएको छ ।