दमक । झापाको दमकमा हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६६ पुगेको छ । उनीहरु मध्ये १९ जनाले कोरोनाको उपचारका क्रममा स्वास्थ्यलाभ लिएका छ्न । नगरपालिकाकि प्रबक्ता समेत रहेकी उपप्रमुख गीता अधिकारीद्वारा हस्ताक्षर गरि आज जारी गरिएको प्रेस बिज्ञाप्तीमा जनाइए अनुसार हाल सम्म ५७१ महिला सहित कुल २ हजार ९९ जनाको पीसिआर बिधीबाट कोरोना परिक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित फेला परेका हुन । संक्रमण पुष्टि भएर पनि आज सम्म ७ जनाको उपचार होम आईसोलेसन मै भैरहेको छ । १४ जना नगरपालिकाद्वारा निर्मित क्वारेन्टाइनस्थलमा तोकिएको आइसोलेसनमा उपचाररत छ्न । त्यस्तै गोठगाउमा ८ जना, सशस्त्र प्रहरीको आइसोलेसनमा ४ जना, मेची अस्पतालको आईसोलेसनमा ६ जना र बीपी प्रतिस्ठान धरानमा २ जना उपचाररत रहेका जारी बिज्ञप्तीमा उल्लेख छ । दमकमा समुदायस्तरमै कोरोना फैलिएपछि आउने शनिबार सम्मका लागि लकडाउन लम्ब्याइएको छ ।