दमक । झापाको दमकमा यस अघि कोरोना संक्रमण पुष्टि भएका चार कार्यलयका सङ्क्रमितहरुको सम्पर्कमा रहेका ब्यक्तिहरुको पीसिआर रिपोर्ट आज आउदैछ । नगरपालिका स्रोतका अनुसार दमकको मालपोत , टेलिकम, जीवन बिकास समाज र बिध्युत प्राधिकरणका संक्रमण पुष्टि भएका कर्मचारी र उनीहरु सग प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरुको पीसिआर रिपोर्ट आज बाहिर आउने बताइएको छ । यससगै दमकस्थित क्वारेन्टाइनमा बस्दै आएका ब्यक्तिहरुको पनि आजै रिपोर्ट आउने जनाइएको छ ।