दमक । प्रदेश एकमा कोरोनाका कारण पछिल्लो २४ घन्टामा चार जनाको ज्यान गएको छ । झापा , मोरङ र सिराहाका चार जनाको उपचारका क्रममा यो प्रदेशमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बीपि प्रतिस्ठानमा ३ जनाको र कोशी अस्पतालमा एक जनाको मृत्यु भएको हो । झापा कमल ३ केर्खाका ८३ बर्षका एक बृद्धको आज बिहान पौने चार बजे बीपीमा मृत्यु भएको जनाइएको छ । त्यस्तै मोरङका एक र सिराहाका एक जनाको बीपिमा र सिराहाकि एक जनाको कोशी अस्पतालमा मृत्युु भएको हो । यस सगै देशभर कोरोनाका कारण मृत्युु हुनेको संख्या १९५ पुगेको छ भने देशभर आज मात्रै ९२७ जनामा कोरोना पुष्टि भएको छ ।