काठमाडौं / नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ
पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५६१ जना पुगेको छ । आइतबार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments Box