दमक / झापाको दमकसंगै जोडिएको कमल गाउँपालिकामा आज थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । कमल ५ का एक जना, वडा नं ६ खैरबारीका २ जना, र वडा नं ३ केरखाका १ जनामा आज कोरोना संक्रमण देखिएको हो ।

संक्रमण देखिएकामा वडा नं ६ का महिला र वडा नं ३ र ५ का पुरुष रहेका गाउँपालिकाका स्वास्थ्य शाखाका बाबुराम थुलुङले बताए । यससंगै कमलमा संक्रमितको संख्या २४ जना भएका छन् । उनीहरुमध्ये ३ जना निको भएर फर्किएका छन् ।

Facebook Comments Box