दमक/ दमकमा गत १२ भाद्रमा स्वाव संकलन गरिएका ११६ जना मध्ये १०० जनाको कोरोना परिक्षण रिपोर्ट आएको छ । आज प्राप्त रिपोर्ट अनुसार सबै जनको रिपोर्ट नेगेटिभ छ । नगरपालिकाका स्वास्थ्य शाखाका कुबेर भट्टराईले सय जनाको रिपोर्ट आज आएको र सबैको नेगेटिभ रहेको बताए । अन्य १६ जनाको वास्तविक रिपोर्टको पखाईमा दमक रहेको छ ।

यसैबीच दमकमा आजदेखि थप एउटा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । दमकको साविक वडा नं १५ स्थित रत्नकुमार वान्तवा स्मृति भवन अर्थात पूर्व नेकपा एमालेको पार्टी कार्यालयमा आजदेखि सञ्चालनमा आएको छ । सो क्वारेन्टाइनमा हाल ४ जनालाईर राखिएको छ । त्यहाँ ५० जना सम्म अटाउन सकिने नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box