दमक/ भारतसंग सीमा जोडिएका झापाका गौरीगञ्ज र कचनकवलको बगान एरियाबाट ब्राउनसुगरसहित तीन जना भारतीय पक्राउ परेका छन । कचनकवल १ बगान एरिया र गौरीगंज गाँउपालिका २ दासचौरीबाट उनीहरु पक्राउ परेका हुन ।

बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाढिकी पदमपुरका ३२ बर्षीय फरबेद आलम रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आलमलाई प्लाष्टिकमा लुकाइ राखेको १४ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसै गरी गौरीगंजबाट पक्राउ पर्नेमा भारत किसनगंज सिंगीमारी ग्रामपंचायतका २० बर्षीय मुजफर आलिग र २५ बर्षीय जहागिर आलम रहेका छन । उनीहरुलाइ दासचौरीमा खटिएको प्रहरी टोलीले राती सवा १० बजे ८ ग्राम २०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना भारतिय नागरिकमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।