दमक/ बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो बर्ष ‘बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन’ भन्ने नाराका साथ दिवस मनाइँनैछ ।

अन्तर्राष्ट्रिय श्रम संगठन ‘आईएलओ’को महासन्धि पारित गरेको जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । श्रमशक्ति सर्वेक्षण अनुसार नेपालमा बालश्रमिकको संख्या दुई लाख ८६ हजार छ ।

नीजि प्रयोजनका लागि काम लगाइएका र सेवा प्रदायक काममा राखिएका बालबालिका २१ देखि २५ लाखको संख्यामा छन् । होटल, पर्यटन, मनोरञ्जन, उद्योग लगायतका क्षेत्रमा बालश्रमिक रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box