दमक /पहिलो पाईला दमक शाखाले चुलाचुली–४ स्थित किरात चोलुङ् आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ । धनप्रसाद दुलालको अध्यक्षतामा भएको कार्यक्रममा पहिलो पाईलाले विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला र कापि प्रदान गरेको हो । कार्यक्रममा विद्यालय प्रधानाध्यापक गिरीराज निरौला, शिक्षक अभिभावक संघका सदस्य कुलबहादुर एवा, पहिलो पाईला दमकका अध्यक्ष छवि बास्कोटा, जनप्रतिनिधी सर्मिला राई लगायतले सुगम क्षेत्रको नजिकै रहेर पनि सो विद्यालयमा अझै पनि पूर्वाधार लगायतको सुविधाको अभाव रहेको बताएका थिए । कार्यक्रममा ३० जना विद्यार्थीलाई सहयोग प्रदान गरिएको पहिलो पाईला दमकका सचिव निशा घिमिरेले जानकारी दिइन।

Facebook Comments Box