दमक/ ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धा छनौट भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणमा ६० जना छानिएका हुन् ।
एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार अप्रिल ३० तारिखसम्म प्रतिष्पर्धामा भाग लिनका लागि भिडियो पठाएका २ सय ५० भन्दा बढी नवोदित गायक–गायिकाबाट उत्कृष्ट ६० जनालाई छनौट गरिएको हो ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल रहेका छन् । ६ वटा महादेशस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूमार्फत् आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो । ग्लोबल एनआरएन सिंगिङ आइडलको पहिलो संस्करणका लागि छनौट भएका ६० जना प्रतिष्पर्धीले आगामी ओपनिङ राउन्डमा प्रतिष्पर्धा गर्ने छन् ।
एनआरएनए मध्यपूर्व युवा संयोजक रेग्मीले गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिष्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत् गरिएको बताएका छन् ।
साथै आगामी अप्रिल १४ र १५ तारिखका लागि तय भएको ओपनिङ राउन्ड काठमाडौंमा जारी लकडाउनका कारण केही दिनपछि सारिने रेग्मीले बताए ।

एनआरएनए अध्यक्ष कुमार पन्तसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का केही सदस्यलाई कोरोना संक्रमण देखिएकोले उपयुक्त समयमा फाइनल राउण्ड सञ्चालन हुने रेग्मीले बताए ।

ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत् ४० प्रतिशत अंक प्राप्त गर्ने छन् । सोही आधारमा प्रतिष्पर्धी अघिल्लो चरणमा प्रवेश गर्ने छन् । प्रतिष्पर्धीले ओपनिङ राउन्डमा म्यूजिक ट्य्राकमा गीत गाउने छन् ।
विश्वभरबाट डिजिटल अडिसनमार्फत् भिडियो पठाएकामध्ये पहिलो चरणमा ५० जनालाई छनौट गर्ने भनिए पनि उत्कृष्ट गायन भएका थप १० जनालाई पनि समावेश गरिएको रेग्मीले बताए ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।

को–को छनौट भए  ?

१. दीपेश सिग्देल, नर्वे
२. खेमबहादुर बिक, ओमन
३. निपोन लामा, अष्ट्रिया
४. सौरभ पाख्रिन तामाङ, हङकङ
५. शिवबहादुर घाताङस्वाङ, कोरिया
६. बामदेव भट्ट, बहराइन
७. भीमराज गुरुङ, क्यानडा
८. अंकिता घतानी, न्यूजिल्याण्ड
९. दीप्ति थापा, युके
१०. सोनाम महर्जन, हङकङ
११. कपिल पुनमगर, आइरल्याण्ड
१२. ईभा नेपाल, क्यानडा
१३. जिके पूर्ण लिम्बु, बहराइन
१४. कल्पना श्रीपाल, युके
१५. प्रजिता बास्तोला, यूएसए (मेरील्याण्ड)
१६. राजीव थापा, अष्ट्रेलिया
१७. मिङमा तामाङ, साइप्रस
१८. निसान ढकाल, अष्ट्रेलिया
१९. आकाश न्यौपाने, जापान
२०. हिमन राई, कुवेत
२१. पारस आचार्य, अष्ट्रेलिया
२२. प्रतिक शिवा, बहराइन
२३. राधिकाकुमार गोले, कोरिया
२४. आयुषा डोटेल, अष्ट्रेलिया
२५. किशोर लम्साल, कतार
२६. अभिषेक लकान्द्री, युएई
२७. वसन्त बिष्ट, बहराइन
२८. सुमन चेम्जुङ र घनश्याम गुरुङ, कुवेत
२९. नरेन्द्र मल्ल, कतार
३०. शहर विश्व, कुवेत
३१. रेसु स्याङ्दान, बहराइन
३२. रुद्र सुन्दास, युएई
३३. सुरज घर्ती, कोरिया
३४. सतिश थापा, कतार
३५. पवन पौडेल, अष्ट्रेलिया
३६. अभिषेक भण्डारी, अष्ट्रेलिया
३७. तीर्थराज निरौला, जापान
३८. सुरज बिक, कतार
३९. लक्ष्मण दर्जी, कतार
४०. निशान्तकुमार विश्वकर्मा, कतार
४१. गोविन्द गुरुङ, कतार
४२. कविता आरबिएम, यूएई
४३. निमा दोर्जे तामाङ, कतार
४४. रुपक दाहाल, अष्ट्रेलिया
४५. नवराज श्रेष्ठ, कतार
४६. सुन्दर लिम्बु, युएई
४७. अमित बिष्ट, युएई
४८. कृष्ण खवास, युएई
४९. सन्देश गुरुङ, युएसए
५०. इन्दिरा शाह, कतार
५१. समिर भट्टराई, साइप्रस
५२. बिबि मल्ल ठकुरी, कुवेत
५३. योसिका कुँवर, मलेसिया
५४. आयुसा मैनाली र समृद्धि श्रेष्ठ, युएसए
५५. हर्ष भण्डारी, युएसए
५६. श्रेयस श्रेष्ठ, युएसए
५७. दीपा भट्टराई, अष्ट्रेलिया
५८. शर्मिला दर्जी, साइप्रस
५९. देवकी न्यौपाने खत्री, युएई
६०. विशाल श्रेष्ठ, कोरिया

Facebook Comments Box