गौरादह । गौरीगञ्ज दमक सडक खण्ड अन्तर्गत भेटुवाल चोकमा टिप्परको ठक्करबाट एक दस बर्षे बालकको मृत्यु भएको छ ।

सोमबार दिउसो करिब २ बजे टिप्परको ठक्करबाट गौरादह ७ ठकठकेका ओमराज गिरीको मृत्यु भएको स्थानिय ले जनाएको छ ।
ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।।