दमक/ हुण्डी कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आज बिहिबार दिउँसो बिराटनगर महानगरपालिका–११ रोडशेष चोकबाट २१ लाख भन्दा बढी रकम सहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बिराटनगर–१३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका–१ की २५ बर्षीया जिज्ञासा चौधरी र विराटनगर १३ का अमृत कुमार साह रहेका छन । श्रवण र जिज्ञासालाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुल्न आएसंगै सो कार्यमा संलग्न अमृत कुमार साहलाई समेत प्रहरीले पक्राउ गरिएको जनाइएको छ । साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ एकाई लाख एकत्तरहजार पाँच सय र भारतीय रुपैयाँ २३,०००।– (तेईस हजार) तथा बिभिन्न बैंकका चेकहरु बरामद गरेको थियो । नगद रकम सहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाउने तयारी भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

Facebook Comments Box