काठमाडौं/  विश्वकप क्रिकेटमा आज बंगलादेश र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछ ।

ट्रेन्ट ब्रिजमा नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा बंगलादेश र अष्ट्रेलियाबीचको खेल सुरु हुदैछ ।  बंगलादेशले दक्षिण अफ्रिका र वेष्ट इन्डिजसँग जित निकाल्दा न्युजिल्यान्ड र इंग्ल्यान्डसँग भने हार ब्यहोरेको छ ।

यता, अष्ट्रेलियाले आफूले खेलेको पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ८ अंक बनाएको छ ।

अफगानिस्तान, वेष्ट इन्डिज, श्रीलंका र पाकिस्तानलाई पराजित गरेको अष्ट्रेलिया भारतसँग भने हारेको थियो ।

Facebook Comments Box