दमक/तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता पछि बनेको नेकपा झापाको जिल्ला नेतृत्वमा  भौगोलिक रुपमा झापाको माईपश्चीम क्षेत्र उपेक्षित बनेको छ ।

जिल्ला कमिटी अध्यक्ष र सचिवसहितको १७७ सदस्यीय जिल्ला कमिटीमा माइपश्चीमबाट न्यून संख्यामा नेताहरुले जिम्मेवारी पाएका छन् ।  पार्टीको जिल्ला कार्यालय टिममा कूल ७ मध्ये १ जनाले मात्रै दमकबाट प्रतिनिधित्व गरेका छन् । पूर्व एमालेको कोटामा अटेका ति नेता हुन राजेन्द्र दाहाल ।
५९ सदस्यीय जिल्ला कमिटी सचिवालयमा गौरीगञ्ज गाउँपालिकामा पर्ने तत्कालिन महाभाराका कैलाश मास्के पूर्व एमालेबाट परेका छन् । मास्केको नाम जिल्ला सचिवालयको ८ औं नम्बरमा परेको छ । मास्केपछि पूर्व माओवादी केन्द्रका तर्फबाट दमकका पूर्व लडाकू कर्म पूलामी २० औं नम्बरमा सचिवालय सदस्यमा परेका छन भने शिवसताक्षीबाट ढुण्डीराज गुरागाइँ पनि पूर्व माओवादी केन्द्रका तर्फबाट जिल्ला सचिवालय सदस्यमा २१ नम्बरमा र दुर्गा चौंलागाइँ ( श्रीकान्त) २२ औं नम्बरमा सचिवालय सदस्यको सूचीमा परेका छन् ।

गौरादहका पुष्प ढकाल पनि पूर्व माओवादीबाट २७ औं नम्बरमा अटाएका छन् । त्यसैगरी कमलकी पूर्व माओवादीकै बन्दना झाँगड ३१ औं नम्बरमा परेकी छिन् । पूर्व एमालेबाट कमलका वेनु प्रसाद शिवाकोटी ३३ औं नम्बरमा जिल्ला सचिवालयमा छन् । त्यसैगरी पूर्व एमालेबाट दमकका मणि भण्डारी र गौरादहका मदन अधिकारी क्रमशः ३७ र ३८ औं नम्बरमा सचिवलाय सदस्य बन्दै गर्दा गौरादहकै योगराज दाहाल पूर्व एमालेबाटै ४४ औं र दमकका रमेश गुरागाइँ पूर्व माओवादीबाट ४५ औं नम्बरमा सचिवालय सदस्यको सूचीमा परेका छन् । गौरादहका अधिकारीले झापा क्षेत्र नं ५ को क्षेत्रीय समन्वय कमिटीको संयोजक र दुर्गा चौंलागाइँले सचिवको पनि जिम्मेवारी पाएका छन् ।
शिवसताक्षीबाट राधाकृष्ण खनाल र रामबहादुर राई पनि सचिवालय सदस्यमा छन् । खनाल पूर्व एमालेबाट र राई पूर्व माओवादीबाट जिल्ला सचिवालय सदस्य बनेका हुन् । त्यस्तै गौरीगञ्जका विद्यानन्दसिंह राजवशीं र कमलका शिव ढुंगेल पनि माइपश्चीम भुगोलबाट जिल्ला कमिटी सचिवालयमा पर्न सफल भाग्यमानी नेता बनेका छन् ।

माईपश्चीमबाट जिल्ला सदस्यमा को को ?

ंपूर्व एमालेबाट ः केन्द्रबहादुर प्रसाई दमक, गणेशबहादुर बस्नेत दमक, चन्द्रकुमार शेर्मा शिवसताक्षी, नेत्र दाहाल दमक,. निर्मला शिवाकोटी दमक, अम्बिका खनाल दमक, लिला दाहाल दमक, लिला कट्टेल कार्की गौरादह, सर्वतलाल राजवंशी गौरीगञ्ज, सत्यनारायण राजवंशी शिबसताक्षी शारदा पराजुली गौरादह, तुलसी कार्की गौरादह र ज्ञानेन्द्र विक. शिबसताक्षीलाई जिल्ला सदस्यको जिम्मेवारी दिइएको छ । जिल्ला सदस्यमा परेका नेत्र दाहालले दमक नगरको इञ्चार्ज र पूर्व माओवादीबाट जिल्ला सदस्यमा परेका वेदु गौतमले नगरको सह इञ्चार्जको जिम्मेवारी पाएका बताइएको छ ।

पूर्व माओवादीबाट राधिका ओझा दमक, चन्द्रसिंह कुलुङ्ग शिवसताक्षी, नरप्रसाद लामिछाने शिवसताक्षी, प्रताप सुब्बा कमल, पर्शु सुवेदी कमल, बेदु गौतम दमक सीताराम अधिकारी दमक, भूमिका कोइराला दमक, सुमित्रा वाङदेल दमक, हुकुम नेपाली गौरादह, पुष्प ढकाल गौरादह, कुमार खतिवडा गौरादह, डण्डीराज घिमिरे गौरादह, किना राजबंशी गौरीगञ्ज, चन्द्रमोहन राजबंशी गौरीगञ्जले जिल्ला कमिटी सदस्यमा जिम्मेवारी पाएका छन् ।

Facebook Comments Box