बेलबारी / बेलबारी नगरपालिका भित्रका ३ वटा स्वास्थ्य संस्थाहरुमा डेंगु रोगको परिक्षण निशुल्क हुने भएको छ । बेलबारी वडा नम्बर १ मा रहेको बेलबारी स्वास्थ्य चौकी, वडानम्बर ९ मा रहेको डाँगीहाट स्वास्थ्य चौकि र वडानम्बर ७ मा रहेको वाहुनी प्राथमिक स्वास्थ्य केन्द्र डेंगुको परिक्षण निशुल्क हुने बेलबारी नगरपालिकाले जनाएको छ।
बेलबारीमा विभिन्न निजि स्वास्थ्य क्लिनिकहरुमा डेंगु परिक्षण गराउँदा सर्वसाधारणले महँगो शुल्क तिर्नुपरेको गुनासो समेत बढेकोले सबैलाई सजिलो होस भनेर निशुल्क सेवा सुरु गरिएको बेलबारी नगरपालिकाले जनाएको छ । सर्वसाधारणलाई सहज होस भनेरै नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको निर्देशन अनुसार डेंगु परिक्षण निशुल्क गरिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ ।
भदौ सम्म नै डेंगुको जोखिम हुने भएकाले सचेत रहन र घर वरपर सफा राख्न साथै ज्वरो आउने,हातगोडा करकर खाने जस्ता लक्षण देखिएमा परिक्षणका लागि स्वास्थ्य संस्थामा जान विश्वकर्माले सुझाव दिनुभएको छ । अहिले निजि स्वास्थ्य संस्थामा परिक्षण गराउदा महँगो रकम तिनुपर्ने वाध्यता नहोस र सर्वसाधारणलाई सजिलो होस भन्ने उद्देश्यले यस्तो सेवा सुरु गरिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभएको छ । निजी क्लिनिकहरुले डेंगु परिक्षणको शुल्क मनोमानी रुपमा फरक फरक दरमा लिने गरेको सर्वसाधारणबाट गुनासो समेत आएको र १ हजार पाँच सय देखि २ हजार २५ सय रुपैयाँ सम्म पनि लिएको जनगुनासो आएको स्वास्थ्य शाखाले जनाएको छ । अब भने सर्वसाधारणले विना शुल्क डेंगुको परिक्षण गराउन पाउने भएका हुन् ।