उर्लाबारी / मोरङको कानेपोखरी–७, बरगाछीस्थिते जनमुखी बचत तथा ऋण सहकारी संस्थाको कार्यालयबाटै गएराती सीसी क्यामेराको हार्डडिक्ससहित ५ लाख रुपैयाँ भन्दा वढि चोरी भएको छ ।
राति कार्यालको झ्याल फोडेर ५ लाख २६ हजार ५सय ५१ रुपैया चोरी भएको प्रहरीले जनाएको छ । भुई तलामा रहेको कार्यालयको पूर्वपटीको झ्यालको पल्ला र ग्रिल भत्काएर सेभ समेत फुटाएर रकम चोरी गरेको पाइएको हो । अघिल्लो दिनको कारोबार कार्यालयमा बुझाउनका लागि बचत परिचालक रमेश शिवाकोटीले आइतबार विहान ७ बजे संस्था खोल्दा तोडफोड भएको देखेपछि पदाधिकारीहरुलाई खबर गरेका थिए । सिसि क्यामेराको हार्डडिक्स समेत चोरी भएपछि अनुसन्धानमै असर पुग्ने देखिएको छ ।
चोरीमा संलग्नहरुले झ्यालबाट छिरेर पहिलो पटक सिसि क्यामेराको तार काटेर पैशा निकालेको हुन सक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय पथरीले घट्नास्थलमा पुगेर आवश्यक अनुसन्धान शुरु गरेको जनाइएको छ ।
आगामी असोज ४ गते हुने २७ औं साधारण सभाको तयारीको लागी संस्था संचालक समितिको केही पदाधिकारीहरु शनिबार समेत अबेर सम्म बसेर कार्यालयमा बसेर काम गरेका थिए । चोरी गर्नेहरुको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपि विश्ब अधिकारीले जानकारी दिए ।