दमक/ झापाको कमल गाउँपालिकाका चार जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार पालिका भित्र डेंगु परिक्षण गरिँदै आएका कमल नगर अस्पताल र लखनपुर स्वास्थ्य चौकीमा कूल १७ जनाको डेंगु परिक्षण गर्दा दुई महिला र दुई पुरुषमा पोजिटिभ देखिएको हो ।
स्वास्थ्य शाखाका निरिक्षक दिपक दाहालले डेंगीको संक्रमण तिब्र गतिमा फैलिइरहेको पाइएपछि स्थानीयस्तरबाट बजार क्षेत्रमा सरसफाई सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको बताए । शाखाले फेयर मेड र सहारा नेपाल नामक गैह्रसरकारी संस्थासँगको सहकार्यमा बुधबार वडा नं ३ स्थित केर्खा र वडा नं ५ स्थित पाडाजुँगी क्षेत्रमा लामखुटट्ेको लार्भा खोजी र नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ । त्यस्तै बिहिबार क्याम्पा बजार क्षेत्रमा सोही प्रकृतिको सरसफाई तथा लामखुटट्ेको लार्भा खोजी नष्ट अभियान सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।


सरसफाई अभियानमा पालिकाका स्वास्थ्यकर्मी, स्थानीयबासी, सहयोगी संघ संस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधि लगायत सहभागी छन । त्यसैगरी दमक नगरपालिकाका विभिन्न क्षेत्रमा स्थानीय टोल बिकास संस्था, सामाजिक संघ संस्थाहरु, स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधिहरु लगायतको सहभागितामा डेंगी रोकथाम तथा नियन्त्रणका लागि सचेतनासहित सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ ।

Facebook Comments Box